काठमाडौं उपत्यकामा ७२ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

१८ असोज, काठमाडौँ

Advertisement

उपत्यकामा लक्षित अमेर समूहको ७२ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा गरी ७२ प्रतिशत जनसंख्याले खोप लगाइसकेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले बताए।

Advertisement

काठमाडौं जिल्लामा सो उमेर समूहका ७५ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएको उनको भनाइ छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कुल १६ लाखभन्दा बढीले खोप लगाएका छन्। पहिलो मात्रा मात्रै लगाउनेको संख्या ११ लाख ५३ हजार रहेको छ।

Advertisement

सचिव खड्काका अनुसार पूर्ण खोप कभरेज दरको हिसाबले काठमाडौँ अहिले बागमती प्रदेशकै दोस्रो बढी खोप लगाउने जिल्ला बनेको छ।

प्रदेशको कुल १३ जिल्लामा पहिलो बनेको भक्तपुरमा १८ वर्षमाथिका ७५ प्रतिशतले पूर्ण खोप लगाएका छन्। भक्तपुरमा १८ वर्षमाथिका कुल दुई लाख ४६ हजार ८५१ जनामध्ये कुल एक लाख ८६ हजारले पूर्ण खोप लगाएका हुन्।

यस्तै तेस्रो बढी खोप लगाउने रसुवा जिल्ला रहेको छ । त्यहाँ १८ वर्षमाथिका ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top