नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ विरुद्द २ सय २३ रनको जित

विराटनगर, साउन १०
युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जीत हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११लाई २२३ रनले पराजित गरेको हो ।

टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् ।

यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिएका थिए । ३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन ३८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

Advertisement

नेपालका लागि शक्ति गौचनले ४, करन केसी र ललितनारायण राजबंशीले दुई दुई विकेट लिए । यसैगरी सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेल खेलेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top