२८ वटा मानव खप्पर र १० वटा हड्डीसहित दुईजना पक्राउ

२० असोज, विराटनगर ।

नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव खप्पर र हड्डी बरामद गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएकाे हाे ।

सशस्त्र प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलले जानकारी दिए ।

Advertisement

बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ । सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको पाैडेलले बताए । उनका अनुसार थप कारबाहीका लागि ती खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको छ ।

प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंँँ लैजाने तयारी रहेको बयान दिएका छन् ।

केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top