प्रदेश १ का ५ स्थानीय तहको सीमा हेरफेर गर्न सिफारिस

२१ असाेज, विराटनगर।
प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८लाई स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिसद्को बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री भीम आचार्यको सचिवालयले जनाएको छ ।

त्यस्तै केही स्थानीय तहहरुको वडाको संख्या र सिमाना हेरफेर सम्बन्धि स्थानीय तहहरुले प्रस्ताव प्रदेशलाई गर्ने र प्रदेशले संघलाई सिफारिस गर्ने संबैधानिक प्रावधान अनुसार संखुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका,उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले प्रस्ताव गरे अनुसार वडाको संख्या र सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफरिस गर्ने निर्णय गरेको छ । ती स्थानीय तहहरुले वडाको संख्या वृद्धि गर्न सिफारिस गरेका छन् ।

Advertisement

राजस्व स्रोत परिचालनका लागि कार्यदल गठन
त्यस्तै प्रदेशको राजस्वको श्रोत अत्यन्त न्यून भएकाले राजस्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरीय राजस्व अनुसन्धान कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेशको आन्तरिक राजस्वको श्रोत पहिचान, वृद्धि, सम्भावनाबारे अध्ययन गर्ने छ । बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरेको छ । नियमावली स्वीकृत भए पछि सरकारले चाँडैै प्रदेश पर्यटन बोर्ड गठन गर्ने तयारी रहेको जनाइएको छ ।

त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय माताहतमा रहेका ६ जना अस्थायी कर्मचारीहरुको असार मसान्तसम्म म्याद थप्ने निर्णय गरेको छ । १४ वटै जिल्लामा विषयगत कार्यलय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरि अर्को बैठकले निर्णय कार्यालय स्थापनाको प्रकृया शुरु गरिने मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । १४ जिल्लामा विषयगत कार्यालयस्थापनाको निर्णय यस अघि नै भइसकेको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top