स्वास्थ्य बिमामा आकर्षण बढ्दो

२८ असोज, इलाम । अहिले इलाम जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन ।

६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वास्थ्य बिमा पुगेको देखिन्छ ।

कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको हो ।

Advertisement

बिमाले सर्वसाधारणमा आइपर्ने उपचारमा सहज पहुँच समेत बढ्दै गएको छ ।

पाँच जनासम्मको परिवारले एक लाख र प्रत्येक थप सदस्य बराबर २० हजारको दरले सेवाको दर बढ्दै जाने बिमितले अधिकतम् २ लाख रुपैयाँसम्मको उपचार सेवा प्राप्त हुने स्वास्थ्य बिमाले गाउँका आर्थिक स्थीति कमजोर भएका सर्वसाधारणले उपचार सेवाको अभावलाई कम गर्दै गएको छ ।

बिमामा आबद्धलाई उपचार सेवासँगै ११ सय ३३ प्रकारको औषधी निशुल्क उपलब्ध गराउँने गरेको छ । स्वास्थ्य बिमा गर्न पाँच जनाको परिवारले तीन हजार पाँच सय बार्षिक शुल्क बुझाउँनु पर्ने नियम छ ।

पाँच जना भन्दा धेरै परिवारको सदस्य भएमा प्रत्येक थप सदस्य बराबर सात सयको दरले थप रकम तिर्नु पर्ने व्यवस्था छ ।

सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउँन विभिन्न कार्यक्रम गरिरहेको छ । जसले नागरिकमा स्वास्थ्यमा सेवा पु¥याउँन नागरिकमा बिमाको पहुँच पुग्नु पर्ने स्वास्थ्य बिमा बोर्ड इलामका दर्ता अधिकारी खेम अधिकारीले बताए ।

७० वर्ष उमेर पुगेको जेष्ठ नागरिक, अशक्त अपाङ्गताको रातो कार्ड भएका व्यक्ति, कुष्ठरोगी, एच.आइ.भी संक्रमित, जटिल खालका क्षयरोग भएका बिरामीको निःशुल्क स्वास्थ्य बिमा हुने व्यवस्था छ ।

उपचारमा झन्झटिलो व्यवस्थापन भएपनि खर्चमा सहज हुने स्वास्थ्य बिमालाई प्रत्येक नागरिकमा पु¥याएर सेवा प्रदायक संस्थालाई समेत प्रभावकारी सेवा दिन जिम्मेवार बनाउन सके सेवामा थप आर्कषण बढने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top