×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

निजी एयरलाइन्सलाई भ्याईनभ्याई, वायुसेवा निगम रमिते मात्र

२८ आश्विन २०७८

२८ असोज, काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ ।

अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने निजीकाले व्यापार गर्ने मात्रै भएको देखिन्छ ।

Advertisement
Advertisement

यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए ।

यही असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै थिए, ‘वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन् । जहाज घाममा सुकाएर त पैसा आउँदैन । जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ।’

पर्यटनमन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा रु १० देखि १५ करोड खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीचार जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताएका थिए ।

पर्यटनमन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्वपूर्ण अवसर पनि हो । पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दसैँ, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन् । एयरलाइन्सको व्यापार बढेको छ । दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ ।

अहिले सर्वसाधरणले सामान्य तवरले सिट पाउनै मुस्किल छ । सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन् । आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम निरीह बनेको छ । निजीले व्यापार ओगट्ने निगम रमिते जस्तो मात्रै बनेको छ ।

विडम्बना नै मान्नुपर्छ वायुसेवा निगमसँग अहिले मात्र १८ सिट क्षमताका दुई थान जहाज छन् । ती पनि बेलाबेला बिग्रिरहन्छन् । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ । ती जहाज विमानस्थलमै थन्किएका छन् ।

निगमले राजधानी काठमाडौँ बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमीकोट, बाजुरा, हुम्लालगायत जिल्लामा उडान गर्ने गरेको छ ।

उसै पनि निगमको हवाई टिकटका लागि माग बढ्दो थियो झनै दसैँको समयमा टिकट पाउन मुस्किल छ । जहाजको अभाव र यात्रुको माग बढेपछि निगमलाई हैरानी छ । निगमका जहाज चढ्न सर्वसाधरणले सक्दैनन्, मन्त्री, सांसद प्रहरीका ठूला मानिसले भनेपछि मात्रै टिकट मिल्ने एक सर्वसाधरणले गुनासो पोखे।

निगमको टिकटका लागि निगमका उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ । निगमका एक उच्च अधिकारीका अनुसार दसैँमा सर्वसाधरणले टिकट पाउँदैनन् पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन् ।

हुन पनि पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन । निगमले जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकेको हो ।’

आन्तरिक उडानमा हवाई यात्रुको माग बढी छ सोही अनुसार बजार विस्तार गर्न सकिएको छैन किनकि निगमसँग जहाजै छैन,” निगमका एक निर्देशकले भने।

अन्तर्राष्ट्रिय उडान र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्डह्यान्डलिङ) बापतको भरमा निगमले जीविकोपार्जन गरिरहेको छ । निगमलाई धानेकै ग्राउन्डह्यान्डलिङ सेवाले हो ।

झण्डै ५० अर्ब आर्थिक ऋणभार बेहोरिरहेको निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन् । यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्नसकेका छैनन् ।

अन्तरराष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले करिब २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ । अहिले अन्तरराष्ट्रिय उडानको भरमा मात्रै निगम चलेको छ । आन्तरिकमा मात्रै उपस्थिति रहेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताउनुभयो । उहाँले निगमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गरे।

उनले भने, ‘निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन् कसरी सेवा दिने त्यसैले तत्कालै जहाज थप्नुपर्छ।’

महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी कूल आठ थान जहाज थप्नुपर्ने हुन्छ । त्यस्तै अन्तरराष्ट्रियतर्फ पनि कम्तीमा चार थान न्यारो बडी जहाज थप्नुपर्ने आवश्यकता छ ।

यसै पनि समस्याग्रस्त रहेको निगममा पछिल्लो पटक निगमभित्रका कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पा¥यो । लामो आन्दोलनका कारण निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाहीहरु प्रभावित भएको जनाइएको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । पर्यटनमन्त्री आलेको पहलमा यही असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ ।

यता, निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ । दसैँ तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार मालामाल भइरहेको छ । ठूला एयरलाइन्सको दसैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ । दसैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन् ।

शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि लालाहित छन् ।

आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुरुप सेवा दिइरहेका छन् ।

बुद्ध एयरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ । दुई साना र १३ एटिआर सहित कूल १५ जहाजमार्फत दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । यती एयरलाइन्सले हाल पाँचवटा एटिआर–७२ विमानमार्फत विभिन्न आठवटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।

श्री एयरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले पाँचवटा जहाज उडाइरहेको छ ।

Advertisement

आन्तरिकतर्फ १० हेलिकोप्टरसहिन १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top