मेस्सी र नेयमारबिना पिएसजीको जित

२९ असोज ७८, शनिबार

३० असोज, एजेन्सी ।
स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमारको अनुपस्थितिमा किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई शुक्रबार भएको लिग वनको खेलमा जित दिलाएका छन् ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले एन्जर्सलाई २–१ ले हराएको हो । खेलको ३६ औं मिनेटमा पाहुना टोली एन्जर्सले खेलमा अग्रता लिएको थियो । सोफियान बौफालको लो क्रसमा एन्जेलो फुल्गिनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर ६९ औं मिनेटमा एमबापपेको क्रसमा ड्यानीलो परेराले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८७ औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो । रेफ्रीले भीएआरको सहयोग लिँदै पिएरिक कापेलेको ह्यान्ड भएको भन्दै पेनाल्टी दिएका थिए । एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

यस जितसँगै पिएसजीले लिगको शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ । पिएसजीको १० खेलमा २७ अंक छ । ९ खेलमा १८ अंक जोडेको लेन्स दोस्रो स्थानमा छ । निसले ८ खेलमा १६ अंक जोडेको छ ।

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top