×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

किसानलाई धान काट्न भ्याइनभ्याई

३० आश्विन २०७८

३० असाेज,डाेटी ।

दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ । यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।

Advertisement
Advertisement

यो वर्ष समयमै बर्सात भएका कारण जिल्लामा प्रायः सबै ठाउँमा समयमै धान रोपाइँ सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ । किसानहरु समयमै धान काट्न सजिलो होस् भन्दै अहिले खेतमै खाना पकाएर खाने तथा दिनभरि धान काट्ने गरेका जोरायल गाउँपालिका–४ की स्थानीयवासी तक्ष्मीकुमारी ओलीले बताए । उनले भने, “समयमै धान पाकेको छ, पानी पर्ला र धान बिग्रेला भन्ने डरले हामी खेतमै खाना पकाएर खाने र दिनभरि धान काट्ने गरेका छौँ ।”

दसैँ मनाउनका लागि घरमा आएकाहरु पनि खेतमा धान काट्न सहयोग गर्न थालेपछि यहाँका किसानलाई धान काट्न निकै सहज भएको स्थानीयवासी बताउँछन् । अहिले वृद्धवृद्धादेखि युवा समूह धान काट्नमा निकै सक्रिय भएका दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी भरत द्वारियाले बताए । उनले भने, “कामका लागि जिल्लाबाहिर गएकाहरु सबै घरमा आएका छन्, उनीहरु धान काट्नमा सहयोग गर्न थालेपछि रमाइलो भएको छ ।” यहाँका प्रायः सबै क्षेत्रमा धान काट्ने चटारोमा युवायुवती बढी सक्रिय भएका देख्न सकिन्छ । विगतमा यहाँ धान काट्ने खेताला नपाउने गरेका कारण समस्या हुने गरेको भए पनि अहिले युवायुवती धान काट्नमा सक्रिय भएका कारण निकै सहज भएको बताइएको छ ।

युवायुवतीले धान काट्ने काम गर्ने तथा अन्य किसान धान झार्ने काम गर्ने गरेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी रोजबहादुर कलेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडक सुविधा पुगेका यहाँका कतिपय गाउँमा भने धान झार्न यो वर्षदेखि आधुनिक थ्रेसर प्रयोग गर्न थालिएको छ । दसँैको रमझम सकेर यहाँका किसान अहिले खेतबारीमा धान काट्न तथा धान झार्न सक्रिय भएपछि अहिले सहर बजारभन्दा पनि गाउँघरहरु निकै रमाइला भएको शिखर नगरपालिका–१० का स्थानीयवासी डिबी धामीले बताए । उनले भने, “गाउँमा भएकाहरु सबै खेतबारीमा धान काट्न भेटिन्छन्, घरमा सुनसान हुन्छ, खेतबारीमा भने निकै रमाइलो हुने गरेको छ ।” कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हालसम्म १० प्रतिशत मात्रै धान काट्ने काम सकिएकोे छ । छिटो रोपाइँ गरेको र छिटो पाक्ने धान लगाएकामा धान काट्ने काम भइरहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

उनका अनुसार जिल्लामा कात्तिक अन्तिमसम्ममा सबै ठाउँमा किसानहरुले धान भित्र्याइसकेका हुन्छन् । जिल्लामा जोरायले बासमतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपालि धान लगाउँदै आएका छन् । यस वर्ष जिल्लाका धेरै स्थानमा सिँचाइ पहुँच, समयमै पानी पर्नु, मल समयमै उपलब्ध हुनु, रोगव्याधी कम लागेका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख पनेरुले दाबी गरे ।

Advertisement

जिल्लामा २७ हजार तीन सय हेक्टर क्षेत्रफलमा यस वर्ष धानखेती भएको बताइएको छ । जिल्लाको पूर्वी क्षेत्रमा असोजको दोस्रो हप्तादेखि नै धानहरु काटेर तरकारी खेती सुरु भइसकेको छ । यहाँका किसान समयमै पाकेको धान काटेर व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् । हिउँदे तरकारीअन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको केआईसिंह गाउँपालिका–३ का शेरबहादुर ऐरले जानकारी दिए । उहाँका अनुसार हिउँदे खाद्यान्न बालीअन्तर्गत भने यहाँका कृषकहरुले गहुँ, मुसुरो, आलु, राजमा लगाउने गर्दछन् ।रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top