विराटनगर, साउन १३
एक नम्बर प्रदेशको कर तथा राजस्व सम्बन्धी विधेयक आज प्रदेशसभा बैठकमा टेबल गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वोले प्रदेशसभा बैठकमा प्रदेशको कर तथा गैरकर राजस्व लगाउने÷उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सदनमा पेस गरेका हुन ।
विधेयक पेस गर्दै उनले आन्तरिक राजस्वको सन्दर्भमा उठाउने करहरु र प्रकृतिक श्रोत साधनबाट प्राप्त हुने राजस्वलाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको जानकारी दिए ।
कर प्रणाली अझै प्रगतिशिल नभएको बताउँदै उनले यसलाई व्यवस्थित र प्रगतिशिल बनाउन प्रयास गरिएकोे बताए । प्रदेशको क्षेत्राधिकार प्रयोग गरि कानुन बनाएर करको दायरा फराकिलो बनाउने र एकद्धार प्रणालीबाट कर उठाउने विषय उक्त विधेयकमा समेटिएको उनले जानकारी दिए ।