×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा आज बालेनको सपथ,बालेन युगको सुरुवात,मन्त्रीको सर्टलिस्ट तयार|| Nepal Times
Mar 27, 2026
Playing
अन्तरिम सरकारको कार्यभार पूरा, सबैलाई धन्यवाद— प्रधानमन्त्री Sushila Karki को अन्तिम सम्बोधन|
Mar 26, 2026
Playing
बालेनको छातीले तान्यो सबैको ध्यान, के हो ‘सिलाम साक्मा’ ? || Nepal Times
Mar 26, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ अन्वेषण टोलीद्वारा पुष्टी

२ कार्तिक २०७८

२ कात्तिक, दैलेख ।

चिनियाँ कम्पनीले दुई वर्षअघि दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ । वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन ।

Advertisement

२०७६ असोजबाट दैलेखको दुल्लु नगरपालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेको थियो । कोभिड शुरु भएसँगै तीन महिनासम्म प्रारम्भिक अन्वेषणको काम सकेर चिनियाँ टोली फिर्ता भएको थियो । झण्डै दुई वर्ष ढिलो गरेर चिनियाँ टोलीले नेपाल सरकारलाई दिएको प्रतिवेदनमा दैलेखमा पेट्रोलियम पदार्थ रहेको उल्लेख छ । अन्वेषणमा चीनको चाइना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भूगर्भविद् टयान फुएनले गरेका थिए ।

दैलेखमा पेट्रोलियम पदार्थ रहेको भनिए पनि कति परिणाममा र कहाँ–कहाँ छ भन्ने खुलाइएको छैन । खानी तथा भूगर्भ विभागले उत्खननका लागि लाग्ने खर्च र फाईदाबारे भने अन्तिम अन्वेषण (ड्रिलिङ गर्ने कार्य) बाँकी रहेको जनाएको छ ।

दैलेखको पञ्चकोशी क्षेत्रको पश्चिमतिर कम्तिमा चार किलोमिटरमा तत्काललाई एक ठाउँमा मात्र ड्रिलिङ हुने चिनियाँ प्रतिवेदनमा उल्लेख गरिएको भूगर्भ विभागले जनाएको छ । भौगलिक अवस्था अग्लो र होचो भएकाले ड्रिलिङ गर्ने ठाउँ अति संवेदनशिल रहेको जनाइएको छ । भूगर्भ विभागका भूगर्भविद् सुधिर रजौरेले भने, ‘चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ । कोभिडले गर्दा ढिलाई भएको हो अब, ड्रिलिङ गर्ने कार्य सकिए पेट्रोलियम पदार्थ कहाँ कति मात्रामा छ पूरै विवरण आउँछ ।’

अन्वेषणमा कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चट्टान हेरेर जमिनमुनिको अवस्था कस्तो छ भनेर एमआरआई सर्भे गरिएको थियो । अब, चिनियाँ टोलीले ड्रिलिङपछि पेट्रोलियम पदार्थको भण्डारण, पेट्रोलियम पदार्थ रहेको क्षेत्र, उत्खननमा लाग्ने खर्च, फाईदालगायतका कुराहरुको अनुसन्धान गर्नेछ ।

Advertisement

चिनियाँ कम्पनीले ड्रिलिङ गर्ने काम शुरु गरेको कम्तिमा पाँच महिनापछि पेट्रोलियम पदार्थको बास्तविक अवस्थाको बारेमा पत्ता लाग्ने रजौरेले बताए  । अन्वेषणका क्रममा अनुसन्धान टोलीले जमिनमुनिमा कम्तिमा ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्नेछन् ।

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top