रुबी खानले तोडिन् अनसन

१ कात्तिक ७८, मंगलबार

२ कात्तिक, काठमाडौं ।

सरकारसँग सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा छानबिन समिति गठन भएसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् ।

माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँडले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

सरकार र आन्दोलनरत महिला अधिकारकर्मीबीच त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो ।

अनसन तोडेकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताइन् । उनले समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गरे यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या तथा नकुन्नी धोबीको हत्या भएको भन्दै मुस्लिम समाज चेतना केन्द्रले जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिएको थियो । त्यसबारे प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रुबी नेतृत्वको टोली नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएको थियो ।

काठमाडौंमा आएर धर्ना शुरु गरे लगतै प्रहरीले धरपकड गरी रुबीलाई पुनः नेपालगञ्ज पुर्‍यायो । प्रहरीले उनलाई अदालतबाट टुंगो लागिसकेको बहुबिवाहको मुद्दामा समेत फसाउन खोजेको थियो । तर सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपछि रुबीलाई छाड्न प्रहरी बाध्य भएको थियो ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top