९ कार्तिक , काठमाण्डौ ।
साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजारमा सामान्य गिरावट ।
दशैं बिदाअघि लगातार सात कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दशैंपछि खुलेको पहिलो कारोबारमै घट्यो ।

सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ विन्दुमा झर्यो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१७ अंक, फ्लोट इन्डेक्स ०. ५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घट्यो ।

नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घट्यो ।
आज ४ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार कित्ता सेयर किनबेच ।
गत असोज ३० गते भने ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।



