९ कार्तिक , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनसम्मको मौसमी अवस्थाबारे पूर्वानुमान सार्वजनिक गर्दै बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुनसक्ने दियो जानकारी ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले आजदेखि नै देशका विभिन्न भूभागमा मौसम आंशिक बदली हुने सम्भावना ।
महाशाखाका अनुसार मंगलबार कोसी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान ।
बुधबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम बदली भई वर्षा तथा हिमपात हुनसक्ने महाशाखाको भनाइ ।
वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह ।
सम्भावित मौसमी जोखिमबाट बच्न मौसमको अद्यावधिक सूचना लिएर यात्रा तथा अन्य गतिविधिको योजना बनाउन पनि सम्बन्धित सबैलाई अनुरोध ।



