×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा नक्कली औषधिको कारोबार, २ जना औषधि सञ्चालक पक्राउ

१५ श्रावण २०७५

विराटनगर, साउन १५
नक्कली औषधिको कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले विराटनगरबाट तीनजना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले आइतबार मध्यरातमा विभिन्न पाँचवटा औषधि पसलमा छापा मारेर २ जना सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

आइतबार दिउँसो प्रहरीले औषधि बिक्रेता धरान–४ घर भई भारत सिलीगुडीमा औषधि व्यापार गर्ने जीवन अग्रवाललाई नियन्त्रणमा लिएपछि विराटनगरसहित अन्यक्षेत्रमा नक्कली औषधि कारोबार हुने गरेको रहस्य खुलेको थियो ।

Advertisement

अग्रवाल पक्राउ परेपछि अनुसन्धान गरेको प्रहरीले अग्रवालले नक्कली र नेपालमा स्वीकृत नभएका औषधि सप्लाई गर्दै आएको फार्मेसीहरुमा छापा मारेको थियो ।

प्रहरीले न्यूरो अस्पतालभित्र सञ्चालित लाइफ सर्पोट फार्मेसी, विराट मेडिकल कलेजमा सञ्चालित विराट फार्मेसी, म्याक्स अस्पतालमा सञ्चालित म्याक्स फार्मेसी, गोल्डेन अस्पतालमा सञ्चालित गोल्डेन फार्मेसी र विराट नर्सिङहोममा सञ्चालित फार्मेसीमा छापा मारेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

सो क्रममा औषधि व्यवसायीहरु विराटनगर–१० का दीपककुमार राय र सप्तरी महुली–५ का प्रशान्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

छापा मार्ने क्रममा बरामद भएका औषधिसहित प्रहरीले तीनैजनालाई थप अनुसन्धानका लागि औषधि ब्यवस्था विभागमा पठाउने जनाइएको छ । अनुसन्धानको क्रममा एउटा औषधिमा अर्कै लेबल लगाएर बेच्ने गरिएको खुलेपछि प्रहरीले औषधि पसलहरुमा छापा मारेको हो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top