×

NEPAL TIMES UPDATES

Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 09, 2026
Playing
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026
Playing
ख*तरा हुँदाहुँदै पनि यु*क्रेन किन जान्छन् नेपालीहरु ?|| Nepal Times
May 09, 2026
Playing
प्रशिक्षण कार्यक्रममा किन आएनन् सबै सांसद? अब पार्टीले मूल्यांकन गर || Nepal Times
May 09, 2026
Playing
World News:रुसी र साउदी विदेशमन्त्रीबीच वार्ता, पोप र मेलोनीलाई फकाउँदै रुबियो|| Nepal Times
May 09, 2026

बाढीले सवा ८ अर्बको धान नष्ट

८ कार्तिक २०७८

काठमाडौं : बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको धान क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रदेशस्तरबाट प्राप्त धानबालीको क्षति विवरणअनुसार सात प्रदेशमा २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको छ । यसमध्ये ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको छ ।

‘ती क्षेत्रफलबाट ३ लाख २५ हजार २ सय ५८ टन धान उत्पादन हुने अनुमान थियो । एक टनको २८ हजार रुपैयाँका दरले ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ क्षति भएको देखिन्छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, ‘प्रदेशस्तरबाट तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सात वटै प्रदेशमा एक-एक टोली गठन गरेका छौं ।’ मन्त्रालयको विवरणअनुसार प्रारम्भिक अध्ययनले सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा पुगेको देखिएको छ ।

Advertisement
Advertisement

लुम्बिनीमा ४२ हजार ४ सय २७ हेक्टरमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । लुम्बिनीमा सबैभन्दा बढी बर्दियामा ११ हजार ५ सय ४०, कपिलवस्तुमा १० हजार ६ सय ९६, बाँकेमा ६ हजार ८ सय ७५ र रूपन्देहीमा ६ हजार ४ सय १० हेक्टरमा क्षति पुगेको छ । दोस्रोमा सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ ।

यहाँ ५५ हजार हेक्टरमा असर गरे पनि क्षति भने १८ हजार हेक्टरमा भएको जनाइएको छ । उक्त क्षेत्रफलबाट १ अर्ब ९१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । सुदूरपश्चिममा पनि कैलाली र कञ्चनपुरमा बढी क्षति पुगेको छ ।

तेस्रोमा प्रदेश १ मा ८० करोड रुपैयाँको धान क्षति भएको छ । प्रारम्भिक अध्ययनमा प्रदेश १ मा ४९ हजार ९ सय ४५ हेक्टरमा असर गरेकोमध्ये ७ हजार ४ सय ९२ हेक्टरमा क्षति पुगेको उल्लेख छ । उक्त क्षेत्रफलबाट २८ हजार ४ सय ६९ टन धान नष्ट भएको छ । प्रदेश १ मा सबैभन्दा झापामा १३ हजार १ सय २५, मोरङमा ९ हजार ८ सय ९६ र सुनसरीमा ९ हजार ७ सय २ हेक्टरमा क्षति पुगेको छ ।

२०७८ भदौसम्म १७ सम्म झापामा ८७ हजार ५ सय, मोरङमा ८२ हजार ४ सय ६७ र सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा रोपाइँ गरिएको थियो । प्रदेश १ का यी तीन जिल्ला बाहेक अन्यमा पनि सामान्य क्षति पुगेको छ । धानको मुख्य पकेट क्षेत्र प्रदेश २ मा ४८ हजार ६ सय ८४ हेक्टरमा लगाइएको धानमा असर पुर्‍याए पनि क्षति भने ५ हजार ३ सय ५५ हेक्टरमा भएको छ । उक्त क्षेत्रफलबाट २० हजार ३ सय ५० टन धान क्षति भएको छ ।

रकमका हिसाबले ५६ करोड रुपैयाँको धान क्षति भएको मन्त्रालयले जनाएको छ । प्रदेश २ का आठ जिल्लामा उक्त क्षति भएको हो । प्रदेश २ मा ४ लाख ३ हजार १ सय ६४ हेक्टरमा धान खेती भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सूचना अधिकारी मनीषकुमार पालले जानकारी दिए ।

‘सबैभन्दा बढी सप्तरीमा २५, सर्लाहीमा १६ र सिरहामा १५ प्रतिशत धान खेती प्रभावित भएको छ । कतिपय स्थानमा किसानले धान काटेका थिए, कतिपय ढलेका छन्,’ पालले भने, ‘थप विवरणका लागि सबै स्थानीय तहलाई पत्र पठाएका छौं । करिब एक सातामा विस्तृत विवरण आउँछ ।’

सप्तरीमा ६६ हजार १ सय ५० हेक्टरमध्ये १६ हजार ५ सय ३७ हेक्टरमा क्षति पुगेको छ । सर्लाहीमा ४३ हजार हेक्टरमध्ये ७ हजार ४० र सिरहामा ५८ हजार हेक्टर क्षेत्रफलमध्ये ८ हजार ७ सय हेक्टरमा लगाइएको धानमा क्षति पुगेको जनाइएको छ । पाँचौं नम्बरमा कर्णालीमा ३० करोड रुपैयाँको धानमा क्षति पुगेको छ ।

यहाँ २२ हजार ५ सय हेक्टरमा असर पुगे पनि १० हजार ५ सय ८४ हेक्टरमा गरिएको धानमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । उक्त क्षेत्रफलबाट ४० हजार २ सय १९ टन धान क्षति भएको छ । कर्णालीको सल्यानमा ३ हजार ५ सय ७०, सुर्खेतमा २ हजार ३ सय ९२, दैलेखमा १ हजार ५ सय, कालीकोटमा ८ सय ७९ र जुम्लामा ६ सय ८१ हेक्टरमा गरिएको धानमा क्षति पुगेको छ ।

Advertisement
Advertisement

वाग्मतीमा भने ७ हजार ५ सय हेक्टरमा असर गरे पनि क्षति भने ५ सय ३० हेक्टरमा मात्र भएको प्रारम्भिक अध्ययन छ । यहाँ ५ करोड ८० लाख रुपैयाँ बराबरको २ हजार ६८ टन धान क्षति भएको जनाइएको छ । चितवनमा २ सय ९७, मकवानपुरमा ८०, धादिङमा ७५, सिन्धुलीमा ३३ र नुवाकोटमा ३० हेक्टर क्षेत्रफलमा गरिएको धानमा क्षति भएको छ । मनसुन समयमै सक्रिय भएर रोपाइँ राम्रो भए पनि वर्षाले धानबाली नष्ट भएपछि उत्पादन केही घट्न सक्ने जानकारहरू बताउँछन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top