बालिका बलात्कार गर्नेलाई मृत्युदण्डकोे सजाय गर्न सांसदको माग

विराटनगर, साउन १८
बालिका बलात्कार गर्नेलाई मृत्युदण्डकोे सजायको ब्यवस्था गर्न प्रदेश १ का सांसदले माग गरेका छन । १ नम्बर प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसदहरुले घरेलु हिंसा अन्त्यका लागि कडा कानून aनिर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक विकासमन्त्रालयले संसदमा पेश गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद अम्बिका थापाले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डकोे सजाय हुनुपर्ने र त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिइन् ।

सांसदहरुले संविधानलाई परिवर्तन गरेर भएपनि घरेलु हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । विधेयकमाथि छलफलमा भाग लिँदै सांसद कुशुम श्रेष्ठले घरेलु हिंसा सँगसँगै हुने महिला तथा पुरुष हिंसाको अन्त्यका लागि कडा कानून निर्माण गर्नुपर्ने बताइन् ।

Advertisement

सांसद नारायण बुर्जा मगरले वैदेशिक रोजगारीमा गएका युवाहरु हिंसामा परेको बताए । विदेशको कमाई घरमा बसेर श्रीमतीले अन्यत्र लगानी गर्ने र सम्पत्ति कुम्ल्याएर अर्कैसँग हिंड्ने परिपाटी अन्त्य कसरी गर्ने भन्ने विषयमा पनि सोच्नु पर्ने मगरले बताए ।

यसअघि विधेयक संसदमा पेश गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले घरेलु हिंसा अन्त्यका लागि विधेयकमा सबै विषय समेटेर ल्याएको बताए । सामाजिक विकास मन्त्रालयले पहिलो पटक संसदमा विधेयक टेबल गरेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top