न्यायपालिकाको विवाद भित्रबाट हल नभए व्यवस्थापिकाले आफ्नो काम गर्नुपर्छ : बाबुराम भट्टराई

११ कात्तिक, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले न्यायपालिकामा गम्भीर समस्या रहेको देखिएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भट्टराईले न्यायपालिकाभित्र गम्भीर समस्या देखिएको र यसकाे समाधान न्यायपालिकाको नेतृत्व आफैले गर्नुपर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमाथि प्रश्न उठाउँदै अन्य न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेको र नेपाल बार एसोसिएनले बहस बहिष्कार गरिरहेको अवस्थामा  भट्टराईकाे यस्ताे भनाइ आएकाे हाे । उनले भने, ‘कुन विधिले हल गर्ने हो ? यसले न्यायपालिकामा गम्भीर रोग छ भन्ने देखियो रोगको उपचार उहाँहरू आफैले भित्रबाट गर्नुपर्छ । होइन भने व्यवस्थापिकाले आफ्नो काम गर्छ ।’

Advertisement

प्रतिनिधिसभा पुनःस्थापनाको परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने एमाले नेता केपी शर्मा ओलीको अभिव्यक्ति ‘धमिलो पानीमा माछा मार्ने’ खालको रहेको भट्टराईको प्रतिक्रिया थियो । उनले प्रत्येक चिजलाई दलीय स्वार्थले हेर्न नहुने बताए । अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्छ भनेर ओलीले प्रतिशोध साँध्न खोजेको भट्टराईको भनाइ थियो ।  ‘ओलीले पानी धमिल्याएर माछा मार्न नखोजेकै राम्रो,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top