कृषिमा लगानी उल्लेखनीय, प्रतिफल स्थिर

१८ साउन ७५, शनिबार

काठमाडौँ, साउन १९
कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन ।

कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१ प्रतिशत लगानी रहेको संस्था हो ।

कृषिविज्ञ कृष्ण पौडेल चालू आवको बजेटमार्फत सरकारले पाँच वर्षमा उत्पादकत्व दोब्बर बढाउने घोषणा गरेको भए पनि नियमित लगानीको अनुगमन हुन नसकेका कारण विगत १० वर्षदेखि खाद्यान्न उत्पादनमा सोचेजति वृद्धि हुन नसकेको बताउँछन् ।

Advertisement

केन्द्रीय बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी तोकेको भए पनि उत्पादनका क्षेत्रमा लगानी उत्साहजनक देखिँदैन । तसर्थ, उत्पादकत्व वृद्धिदर बढ्न नसकेको हो ।बैंकले अनाज , तरकारी, चिया÷ कफी, सुर्ती, जुट, नगदे बाली, फलफूल, पुष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा कूल रु एक खर्ब ३४ करोड ३७ लाख ७० हजार लगानी गरेको छ ।

जबकी बैंकले उत्पादनको क्षेत्रमा भन्दा कृषिजन्य उद्योग र प्रशोधनमा झण्डै ५० प्रतिशतभन्दा बढीअर्थात् रु दुई खर्ब २८ अर्ब ९३ करोड ९२ लाख लगानी गरेको छ ।उत्पादनबाहेक बैंकले वाइन, चिनी, पशुपक्षी दाना उद्योग, सुर्ती प्रशोधन प्याकेजिङ, सिँचाइ, बधशाला निर्माण, चिस्यान केन्द्र सञ्चालनमा लगानी गरेको छ । तथापि कृषि विकासका लागि सिँचाइ अपरिहार्य भए पनि सो बैंकको सिँचाइ क्षेत्रमा जम्मा रु नौ करोड सात लाख लगानी छ ।

Advertisement

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी बैंकले क्रमशः लगानी बढाउँदै लगेको भए पनि केही टाठाबाठा व्यक्ति, समूह वा सहकारी संस्थाले कृषिमा प्राप्त अनुदान र सस्तो ब्याजदरमा प्राप्त ऋण लिने तर, उक्त कर्जा कृषिमा नभई अन्यत्र क्षेत्रमा लगानी गर्ने परिपाटीका कारण कृषि क्षेत्रमा आर्कषक परिवर्तन हुननसकेको बताउँछन् ।

अनुदान उपलब्ध गराउने निकायको नियमित अनुगमन नहुनु र लगानीको ब्याज प्राप्त भएपछि बैंकले लगानीकर्तासँग कुनै चासो नदेखाएकाले कृषिमा लगानी बालुवामा पानी हाले सरहदेखिएको जानकारको भनाइ छ ।धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । जबकी मानिसलाई दुई छाक खानमा चामल र पिठो अनिवार्य चाहिन्छ । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी रु तीन अर्ब ९१ करोड २५ लाखमा सीमित छ ।

कृषि विकास बैंकका सूचना अधिकृत हिमलाल पौडेलले किसानको माग र चाहनाअनुसार बैंकले लगानी गर्दै आएको भए पनि बैंकले उत्पादनका क्षेत्रको अलवा कृषि क्षेत्रलाई सहयोग पुग्ने अन्य क्षेत्रमा पनि लगानी गरेको बताए ।बैंकले कृषिका अन्य क्षेत्रभन्दा तरकारी र कुखुरापालनमा अधिक लगानी बढाउँदै लगेको छ । तरकारीमा रु ४० अर्ब ८३ करोड ३७ लाख र कुखुरापालनमा रु ३९ अर्ब ५७ करोड ५५ लाख पु¥याएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

सम्बन्धित समाचार

Scroll to Top