विराटनगर,साउन २०
गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो ।
गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।
गंगामायाको कान्छा छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए । उनी त्यसपछि सम्पर्कमा आएका थिएनन् ।
छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनसन बसेका नन्दप्रसादको अनसनकै क्रममो निधन भयो ।प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार प्रक्रिया पुरा गरेर उनलाई बुझाइने छ ।