विराटनगर,साउन २०
झापाको गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को वजेट आज सार्वजनिक गरेको छ । गाउँपालिकाले दोस्रो गाउँ सभाबाट पारित ४४ करोड ८२ लाख ४८ हजार रुपैयाँको नीति योजना तथा बजेट सार्वजनिक गरेको हो ।
जसमा चालु आर्थिक वर्षका लागि कृषि तथा पशु बिकासमा १ करोड ४७ लाख‚ पर्यटन बिकासमा २५ लाख‚उद्योग बाणिज्यमा १० लाख, शिक्षामा १ करोड‚ स्वास्थ्यमा २५ लाख‚ खानेपानी तथा सरसफाइमा २० लाख‚लैँगिक समानता तथा सामाजिक समावेशीकरणमा ६८ लाख ,युवा तथा खेलकुदमा २० लाख रुपैया बिनियोजन गरिएको छ ।
त्यसैगरी पुर्वाधार बिकासमा १५ करोड ८३ लाख‚ वाताबरण तथा बिपद ब्यवस्थापनमा १ करोड ६५ लाख‚ सँस्थागत बिकासतर्फ १ करोड ७० लाख रुपैया बिनियोजन गरिएको छ ।
यस्तै प्रत्येक नागरिकले सुचना पाउँन भन्ने उद्येश्यले गाउँपालिकाकाले आजै देखि गौरीगंज गाउँपालिका एप्पस शुरु गरेको छ । एप्पस डाउनलोड गरी गाउँपालिकाको गतिविधिबारे थाहा पाउन सकिनेछ ।