×

NEPAL TIMES UPDATES

Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026
Playing
आफ्नै श्रीमतीलाई जब श्रीमान्ले मा*रे*र कल्भर्टमुनि लुकाए|| Nepal Times
Mar 25, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026
Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026

व्यापारिक केन्द्र बन्दै डोटीको बीपीनगर

२१ कार्तिक २०७८

२१ कार्तिक, काठमाडौं ।

विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।

Advertisement

बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रूपमा चिनिन्छ । बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्छ ।

तयसबाहेक यो क्षेत्रमा संकलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायत जडीबुटी बाहिर निर्यात हुन्छ । यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताए ।

तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो । ‘विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ,’ केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरका प्रशासकीय अधिकृत यमप्रसाद भट्टले भने, ‘सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’

डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गडसिरी नदी र कापडी नदीको संगम नजिकैको मैदानी फाँटमा बीपीनगर बजार विस्तार भएको छ । अग्ला पहाडको खोँच छिचोल्दै कलकल बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीको आवाज र वरपरको प्राकृतिक दृष्यावलोकनले यहाँ घुम्न आउने यात्रु रमाउँछन् ।

यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ । यसका लागि बीपीनगरदेखि बनाना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाड हुँदै बड्डीकेदारसम्म केबुलकारको योजना निर्माणको लागि पहल भइरहेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए ।

यो क्षेत्रको नाम बीपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जो कोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्छन् ।

२०४६ को राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामाकरण गरिएको हो । त्यसअघिसम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो ।

‘नेपालमा प्रजातन्त्र स्थापना भएको दिन विसं २०४६ चैत २६ गते महामानव एवं लोकतन्त्रवादी नेता स्वर्गीय बीपी कोइरालाको नीति विचारमा आउने पिँढीलाई हिडाउँदै समग्र विकास गर्ने उद्देश्यले उहाँकै नामबाट यो क्षेत्रको नामाकरण गरिएको हो,’ समाजसेवी जोशीले भने, ‘पछिल्ला वर्षमा नाम परिवर्तन गरिएकाप्रति कतिपयले असहमति जनाइरहेका छन् ।’

नजिकैको पहाडको टाकुरामा प्राचीनकालमा भोटेराजाको गढी रहेकाले नै यसको नाम पनि ‘घोडिलास’ राखिएको स्थानीयवासीको भनाइ छ । यही गढीमा भोटे राजाले शत्रुबाट जोगिनका लागि घोडा चढ्ने, दौडाउने, ढुंगाका हतियार बनाउनेजस्ता कला र सीप सिकाउने गरिएको बताइन्छ ।

भोटेगढीवाट कापडी नदीसम्म सुरुङमार्ग समेत रहेको भन्ने भनाइ छ । ‘यसै सुरुङमार्ग हुँदै भोटेराजाका रानीले कापडी नदीसम्म पुगेर गढीमा पानीको जोहो गर्ने गरेको भन्ने भनाइ छ,’ जोशीले भने, ‘अहिले भने यो सुरुङमार्ग ठाउँ ठाउँमा भत्किएको अवस्थामा रहेकाले, हाल कोही जान सक्दैनन् ।’

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडक खण्डबाट बीपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दीपायलसम्मको सडक निर्माणाधीन छ ।

यस्तै, धनगढीदेखि स्याउले–बीपीनगर हुँदै दीपायलसम्मको फास्ट ट्र्याक सडक पनि निर्माणाधीन छ । सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महत्त्व अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् ।

सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा करन साउदले यो क्षेत्रमा हालै रु एक करोड बढीको लगानीमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याएका छन् । ‘घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटेल व्यवसाय सुरु गरेका हौँ,’ होटेल विकासका सञ्चालक साउदले भने, ‘पर्यटकको बसाइ सहज बनाउन चाहिने खानाका सबै परिकारका अलावा ठूलीगाडका माछाका परिकार पस्किएर दिने सोच बनाएका छौँ ।’

डोटीका प्रसिद्ध धार्मिक तीर्थस्थल बड्डीकेदारमा वर्षमा एक पटक लाग्ने धार्मिक मेलामा आवागमन गर्ने भक्तजन बीपीनगरको बाटो हुँदै पुग्ने गर्छन् ।

बीपीनगर हुँदै बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीमा पाउने विभिन्न प्रजातिका माछा यो क्षेत्रमा घुम्न आउने यात्रुका लागि पहिलो रोजाइमा पर्ने गरेको छ ।

Advertisement

यी नदीमा पाउने माछाबाट बनेका परिकार निकै स्वदिष्ट हुँदा यसले बीपीनगरको पहिचान बनाएको छ । स्थानीय जयराज भण्डारीले ठूलीगाड नदीको माछा निकै स्वादिष्ट हुने गरेको बताए । रासस

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top