अपडेट : सल्यान बस दुर्घटनामा १२ जनाको मृत्यु, तीन जनाको पहिचान

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, दाङ ।

Advertisement

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो ।

Advertisement

बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ ।

Advertisement

दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ ।

मृतकको विवरण

१)सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा–२ बस्ने २९ बर्षका तिलक ओली

२) दाङ जिल्ला घोराही उपमहानगरको नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी

३) दाङ जिल्ला बबई गाउँपालिका–६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी

मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नौ जनाको भने परिचय खुल्न बाँककी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top