सरकारले १८ देखि ६० वर्ष उमेर सम्मका बेरोजगारलाई भत्ता दिने

साउन २१ : सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको समाचार आजको कान्तिपुर दैनिकमा छपिएको छ ।

१८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ।संविधानको धारा ३३ मा उल्लिखित रोजगारीको हकको व्यवस्था कार्यान्यनन गर्न यो विधेयक बनाइएको हो।

रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने संवैधानिक व्यवस्थाअनुसार नै सरकारले कानुन बनाउन लागेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top