×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

आज दोहोरो अङ्कले घट्यो नेप्से

२२ कार्तिक २०७८

२२ कात्तिक, काठमाडौँ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । दिपावलीको विदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ ।

Advertisement
Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ ।

कारोबार रकम पनि खासै बढेको छैन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अङ्कले बढेको छ ।

त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ५२ करोड १० लाख तीन हजार ५९० बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैंक रु ३० करोड ३३ लाख २९ हजार, आइसिएफसी फाइनान्स रु २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावर रु १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावर रु १४ करोड आठ लाख ४० हजार ४२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

Advertisement
Advertisement

नेप्सेका अनुसार आइसिएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, महालक्ष्मी विकास बैंैकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । उता, सपोर्ट माइक्रोफाइनान्स ७.९६, पाँचथर पावर ४.९५, कालिका पावर ४.७०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए । रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top