×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

रोजगारीका लागि कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

२१ श्रावण २०७५

काठमाडाँै, साउन २१
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ ।नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैँया तिर्नुपर्नेछ ।

इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए ।

Advertisement
Advertisement

सिलिङ्गस ट्राभल्स एण्ड टुर्स प्रालिले नेपाली कामदारलाई सबैभन्दा कम मूल्यमा हवाई टिकट उपलब्ध गराउने बोलकबोलसहित आइतबार टेण्डर पाएको हो । सिलिङ्गस ट्राभल्सले अब कोरिया जाने नेपाली कामदारलाई रु ४५ हजार २९२ मा हवाई टिकट उपलब्ध गराउनेछ । उक्त ट्राभल्ससँग नेपालबाट सिधैँ दक्षिण कोरियाको सियोलसम्मको हवाई टिकट उपलब्ध गराउनुपर्ने सम्झौता गरिएको छ । कोरिया जाने नेपाली कामदारलाई काठमाडौँ–सियोल सिधा उडान नभए छ घन्टा भन्दा कम ट्रान्जिट भएको हवाई टिकट उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिस्पर्धाका माध्ययमबाट हवाई भाडा निर्धारण गर्दा कोरिया जाने नेपाली कामदारले तिर्ने रकममा वार्षिक रु १० करोडभन्दा बढी बचत हुने निर्देशक खनालले बताए । उनले भने, “विदेश जाने कामदारले तिर्ने रकम र लागतमा कम गराई नेपाली कामदार लक्षित कार्यक्रम ल्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिअनुरुप हवाई भाडाका लागि टेण्डर गरिएको हो ।” हाल वार्षिक करीब आठ हजारको संख्यामा नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन् ।

सन् २००८ देखि इपिएस प्रणाली लागू भएसँगै दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई भाडाबापत ५४१ अमेरिकी डलर र २०७३ पुसदेखि ५२९।७५ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ५८ हजार २७२ सम्बन्धित ट्राभल्स एजेन्सीलाई बुझाउँदै आएका थिए ।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन् । कोरियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारले अन्य देशको कामदारले भन्दा उत्कृष्ट काम गर्दै आइरहेका छन् । त्यस्तै औद्यौगिक क्षेत्रमा काम गर्ने नेपाली कामदारले पनि अन्य मुलुकका कामदारको तुलनामा इमान्दार काम गर्दै आएका छन् । हाल नेपाललगायत १६ मुलुकबाट वार्षिक करीब ५० हजार कामदार इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने गरेका छन् ।

इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खाँडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् ।

त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगादरदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चिता (चार वर्ष १० महिना), पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुन्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको इपिएस कोरिया शाखाका निर्देशक खनालले बताए । इपिएसमार्फत नेपाली कामदारलाई कोरिया लैजाने कोटा र नेपाली कामदारले पाउने पारिश्रमिक बढाउन पनि पहल भइरहेको उनले बताए ।

Advertisement

सन् २००८ देखि गत जेठ मसान्तसम्म इपिएसमार्फत ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् । जसमा महिला तीन हजार ३३८ र पुरुष ५१ हजार ०२५ रहेका छन् ।सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदै छन् । यसबाहेक कोरियाबाट फर्केका नेपाली कामदार कम्प्युटरमा आधारित परीक्षाबाट समेत कोरिया जान सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top