रौतहटमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु

२८ कात्तिक ७८, आइतबार
Share this
723shares

२८ कार्तिक, काठमाडौँ ।

Advertisement

रौतहटमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ ।

सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नागरिकको मृत्यु भएको हो। कार सडकबाट करिब २० मिटर तल पोखरीमा खसेको थियो।

Advertisement

चन्द्रनगिाहपुरबाट गौरतर्फ रातिको समयमा तीव्र गतिमा आउँदै गरेको यू.के.१२सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना हुँदा गहिरो पोखरीको पानीमा डुबेको थियो।

त्यसपछि कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भएको र हाल कसैको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top