×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

म्याग्दीका १९ सडक र मोटरेबल पुल अधूरा

३० कार्तिक २०७८

३० कार्तिक, म्याग्दी ।

म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् ।

Advertisement
Advertisement

तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा प्याकेजका सडक र दुई वटा मोटरेबल पुल निर्माणको काम पनि समयमै पूरा हुन सकेका छैनन् । एक वर्षअघि नै निर्माण सकिनुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा सञ्चालित पोखरेबगर–चित्रे सडकको ६० प्रतिशत र घारखोलाको मोटरेबल पुलको भौतिक प्रगति २२ प्रतिशत छ ।

विसं २०७७ माघमै सकिनुपर्ने सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको बेनीको मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर दुरीको सडक कालोपत्रे गर्ने योजना पनि अधुरो छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनीयर सन्तोष अर्यालले निर्माण व्यवसायीको समस्या, सङ्घबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, कोरोना महामारी, पहिरोबाढी र कटानका कारण सडक र पुल निर्माण कार्य प्रभावित भएको बताए ।

“कोरोना र खरिद ऐनको संशोधनका कारण थपिएको सबै आयोजना आगामी चैत महिनामा सकिँदैछ”, उनले भने, “अधुरो आयोजनालाई पूर्णता दिन ताकेता र समन्वय गरिरहेका छौँ ।” पूर्वाधार विकास कार्यालयअन्तर्गत बेनी–दरबाङ सडकको दुई वटा प्याकेज, रत्नेचौर–बेनी सडकको दुई वटा प्याकेज, गलेश्वर–भगवती र दरबाङ धारापानी सडक आयोजनाको भौतिक प्रगति अपेक्षाकृत छैन ।

गत असारमै सकिनुपर्ने भारबाङस्थित म्याग्दी खोला र अर्गलाको मराङखोलाको पुलको दुईतर्फ पिल्लर ठडाएका छन् । छ्यारछ्यारेको म्याग्दी खोलाको पुलको जग मात्र खनिएको छ । दुई वर्षअघि सम्झौता भएको दाङखोलाको पुल निर्माण अझै सुरु भएको छैन । दुई वर्षअघि नै बनेको स्वाँतखोलाको मोटरेबल पुलसम्म पुग्ने पहुँचमार्ग निर्माण नहुँदा प्रयोगमा आउन सकेको छैन ।

दुई वर्षअघि नै सकिनुपर्ने विसं २०७३ मा सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वर–नारच्याङ पुल खण्डको ६० प्रतिशत, नारच्याङ पुल–घाँसा खण्डको ६० प्रतिशत र गलेश्वर–राहुघाट खण्डको भौतिक प्रगति ७० प्रतिशत छ । आयोजना प्रमुख जगत प्रजापतिले गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन ४० मिटर लामो मोटरेबल पुल अन्तिम चरणमा पुगेको बताए ।

६६ प्रतिशत भौतिक प्रगति भएको रुप्सेखोलामा निर्माणाधीन ४० मिटर लम्बाइको मोटरेबल पुल बाढीपहिराले क्षतिविक्षत भएपछि पुनःठेक्का आह्वानको तयारी भएको छ ।

पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा हालै पक्की पुल निर्माण गरेको सडक विभागअन्तर्गत पुल महाशाखाले बेगखोलामा पनि पक्की पुल बनाउन ठेक्का प्रक्रिया सुरु गरेको छ ।

सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले नीतिगत समस्या, नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन र समयमा भुक्तानी नहुनु, विद्युत्का पोल र तार तथा खानेपानीको पाइप ब्यवस्थापनमा समन्वयको कमी र सामाजिक समस्याका कारण निर्माणमा असर परेको बताए ।

जिल्ला प्रशासन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी, जनप्रतिनिधिको संयुक्त बैठकमा निर्माण व्यवसायीले पूर्वनिर्धारित समय, लागत र गुणस्तरमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले सडक र मोटरेबल पुलमा देखिएको समस्या पहिचान गरी निर्माणमा तीव्रता दिने प्रतिबद्धतापत्र जारी भएको जानकारी दिए ।

बैठकपछि निर्माण कार्यलाई गति दिन नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि जिसस, पालिका र निर्माण व्यवसायीबीच समन्वय गर्ने, खानेपानी र विद्युत्सँग सम्बन्धित समस्या समाधानका लागि समन्वय गर्ने, राजनीतिक र प्रशासनिक नेतृत्वले अनुगमन र सहजीकरण गर्ने निर्णय भएका प्रजिअ रानाले बताए ।

Advertisement

छलफलमा गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरदेवी पुन, सांसद विनोद केसी, संविधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, नेकपा (एमाले)का अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले ढिलासुस्तीले नागरिकले सास्ती पाएको, आयोजनाको लागत बढेको र अलपत्र बनेका बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top