कोलोम्बियाका नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण

२२ साउन ७५, बुधबार

बोगोटा,साउन २३
कोलोम्बियामा राष्ट्रपतिमा नियुक्ति भएका इभान डुकेले मङ्गलबार आफ्नो पदको शपथग्रहण गरेका छन् ।उनले पूर्व राष्ट्रपति हुँआ म्यानुएल सन्तोसलाई प्रतिस्थापन गरेका हुन् । ४२ वर्षीय राष्ट्रपति डुकेले दिएको पहिलो सम्बोधनमा सान्तोस प्रशासनले सुरु गरेको मुलुकको दोस्रो ठूलो विद्रोही समूह ‘नेसनल लिबेरेसन आर्मी (इएलएन)’ सँगको शान्ति प्रक्रियालाई पूरा गरिने बाचा गरेका छन् ।

इएलएन देशको दोस्रो ठूलो गुरिल्ला समूह हो । इभान कन्जरभेटिभ डेमोक्राटिक सेन्टर पार्टीआवद्ध छन् । पहिलो ३० दिनमा इएलएनसँग शान्ति प्रक्रियाको कार्यलाई नै अगाडि लगिने उनले बताएका छन् ।त्यसैगरी देशको सुरक्षा र आर्थिक व्यवस्थालाई बलियो बनाउने पनि उनले बताएका छन् । लगानीलाई प्रोत्साहित गर्ने र प्रतिस्पर्धामा जाने पनि उनले थप जानकारी दिएका छन् ।

उनले कोलोम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरुको स्थापना गरी यसबाट गुणस्तरीय रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top