जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती

२२ साउन ७५, बुधबार

खोटाङ, साउन २३
जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ ।

जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर पठाइएका बिरामीलाई अन्यत्र लाने गरेका छन् । जिल्लाको पुरानो लामिडाँडा विमानस्थल २०७४ साल वैशाखदेखि उडान तथा अवतरण भएको छैन । विसं २०२८ बाट सञ्चालनमा आएको सो धावन मार्गमा कालोपत्रेको काम थालेपछि अवरुद्ध भयो ।

नेपाल नागरिक उड्यायन प्राधिकरणको रु ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे थालिएकोमा आधा सकिएको स्टेशन म्यानेजर रमेश श्रेष्ठले बताए । वर्ष दिनमा सक्नेगरी काम थालिएकोमा अहिले ग्याबिङ वाल भर्ने, धावन मार्गमा ग्राबेलिङ गर्ने र आसपासमा नाली बनाउने काम भएको छ ।

Advertisement

व्यस्त रहने लामिडाँडा विमानस्थलमा हवाईसेवा अवरुद्धपछि अस्पतालले अन्यत्र पठाइएका बिरामीलाई समस्या परेको छ । विमानस्थल कालोपत्रेको जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लिएको हो । दक्षिणी क्षेत्रको थामखर्क विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको दुई वर्ष भयो । कच्ची अवस्थामै उडान शुरु गरेको १८ वर्षपछि कालोपत्रे शुरु गरिएको विमानस्थल रौता कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

विसं २०७३ माघदेखि शुरु गरेर २०७५ साल असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरिएकोमा विमानस्थलको काम अहिले ७५ प्रतिशत मात्र सकिएको नेपाल नागरिक उड्यायन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताए । प्राधिकरणको रु नौ करोड ३८ लाख ६८ हजार ७०० लागतमा सो विमानस्थलको धावनमार्ग कालोपत्र शुरु गरिएको हो ।

जिल्लावासीको चन्दा सङ्कलनबाट बनाइएको सदरमुकाम दिक्तेलबाट नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल गत जेठबाट अवरुद्ध छ । जेठ १ गते दिउँसो परेको भारी वर्षापछि धावनमार्गमाथिबाट बगेको भलबाढीले पहिरो जाँदा विमानस्थल अवरुद्ध भएको हो ।भलबाढीले धावनमार्गमुनी बनाइएको ढल थुनियो । माथिबाट बगेको बाढीले दक्षिणी भाग भत्किएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । उनले भने, “पहिरो गएपछि मर्मत गर्न सम्बन्धित निकायले ध्यान नदिँदा विमानस्थल अवरुद्ध भएको हो ।”

विमानस्थलसँगै जिल्लाका ग्रामीण सडकसमेत वर्षायाममा अवरुद्ध हुँदा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था पु¥याउनुपर्ने बाध्यता रहेको बराहपोखरी गाउँपालिका–५ का दीपक राईले बताए । अवरुद्ध विमानस्थल र ग्रामीण सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने जिल्लावासीको माग छ ।

जिल्लाका अवरुद्ध विमानस्थल, ग्रामीण सडक र हरेक विकास निर्माणका काममा खबरदारी गरिरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए , “काममा विलम्ब गर्ने ठेकेदारलाई बोलाएर आफूले जिम्मा लिएका काम तत्काल पूरा गर्न पटक–पटक निर्देशन दिने गरेको छु ।”
अवरुद्ध विमानस्थल र ग्रामीण सडक आगामी भदौबाट नियमित गराउने ठेकेदार कम्पनीले जनाएको छ । जिल्लामा अहिले वर्षा भइरहेकाले कालोपत्रे लगायतका काममा कठिनाई भएको ठेकेदारहरुको भनाइ छ ।
रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top