भारतमा चार करोडमा बिक्यो चलचित्र ‘प्रेम गीत ३’

२ मंसिर ७८, शुक्रबार

२ मंसिर, काठमाडाैँ ।

चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषामा तयार भएको छ । साथै, फिल्मको भारतीय थिएटर (हल) राइट्स पनि बिक्री भएको छ । भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले फिल्मको थिएटर राइट्स चार करोड आइसीमा खरिद गरेको निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिए ।

भारतका हलहरुमा फिल्म रिलिज गर्न उनले त्यहीँको भाषामा प्रख्यात डबिङ आर्टिस्टलाई लिएर फिल्मको डबिङ गरेका थिए। उक्त चार करोड रकम एमजी बापतको रकम हो । फिल्मले भारतमा चार करोडभन्दा बढीको व्यापार गरेमा कम्पनीले ७० प्रतिशत लिएर निर्माता सेनलाई ३० प्रतिशत रकम उपलब्ध गराउनेछ । भारतका हलमा रिलिजका लागि फिल्मको नाम ‘संघार’ राखिएको सेनले जानकारी दिए ।

Advertisement

भारतीय थिएटर राइट्सबाट प्राप्त रकमले फिल्मको लगानी सुरक्षित भएको उनी बताउँछन् । सेनका अनुसार, भारतमा फिल्मको डबिङ, सम्पादन लगायतको कार्यमा १ करोड आइसी खर्च भएको छ । यो फिल्म तमिल र तेलुगू भाषामा पनि तयार भइरहेको छ ।

२०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा रहेकाे ‘प्रेम गीत ३’ कोरोनाका कारण लकडाउन भएपछि राेकिएकाे थियाे । त्यसपछि निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको छैन ।

नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी रहकाे सेनले बताए । स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top