×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कतारसँगकाे तीन डब्लूटि२० आई सिरिजमा नेपालको सानदार क्लिनस्वीप

२ मंसिर २०७८

२ मंसिर, काठमाडौं ।

नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई खेलको सिरिजमा क्लिनस्वीप गरेको छ । बिहीबार भएकाे तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै सानदार क्लिनस्वीप गरेको हो ।

Advertisement
Advertisement

कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रन बनायो ।

कतारकी शीर्षक्रमकी ब्याटर एलिना खानले ३३ बलमा ३ चौका सहित सर्वाधिक १९ रन बनाइन् । कप्तान आयशा १४ बलमा १ चौका र १ छक्का सहित १३ रनमा क्याच आउट भएकी थिइन् । अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।

रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर १ विकेट लिइन् । सबनम राईको नाममा १ विकेट रह्यो । कतारका ४ खेलाडी रन आउट भएका थिए ।

त्यसअघि  टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । नेपाली महिला टि२० आईमा यो हालसम्मकै उच्च योगफल हो । यसअघि कतारसँग पहिलो खेलमा नेपालले बनाएको १ सय ४६ रन उच्च थियो । नेपाललाई बलियो योगफलमा पुर्याउन सीता रानामगर ७२ बलमा ७ चौका सहित सर्वाधिक ८२ रनमा अविजित रहेकी थिइन् । यो नेपाली महिला टि२० आईमा एकै खेलमा ब्यक्तिगत उच्च प्रदर्शन हो ।

ओपनर सीता र काजल श्रेष्ठले पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । काजललाई एन्जेलिन मार्वेले विकेटकिपर श्रुतिबेन राणाबाट ७ रनमा क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि ज्योति पाण्डे र सीताले ६७ रनको साझेदारी गरेका थिए । ज्योति २० बलमा १ चौका सहित २४ रनमा आउट भइन् ।

ओपनर काजल श्रेष्ठ ७ रनमा आउट भएकी थिइन् । ज्योति साची धडवलको बलमा रिज्फा बानोबाट क्याच हुन पुगेकी थिइन् । कप्तान आयशाले डली भट्टलाई १२ रनमा बोल्ड आउट गरिन् । सरिता मगर ११ बलमा १ चौका सहित ११ रनमा अविजित रहिन् । नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रन र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

Advertisement

नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । नेपाली महिला क्रिकेट टोली छनाेट खेल्न शुक्रबार युएईतर्फ लाग्नेछ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top