×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विज्ञले भने- नेपालमा प्रदूषण बढ्दै गए लकडाउन गर्नुपर्छ

२ मंसिर २०७८

२ कात्तिक, काठमाडाैँ ।
विज्ञहरुले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही शहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए ।

केही शहरहरुमा वायुको गुणस्तर कम
डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाण्डौं लगायत देशभरका केही शहरहरुमा वायुको गुणस्तर कम भएको बताए । उनले दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताए ।

Advertisement
Advertisement

वर्षा नभए पनि हिमपात र बाक्लो कुहिरो लाग्छ
बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताए ।

भारतको वायु प्रदूषणको असर काठमाडौंमा पर्ने
उनले भारतका केही शहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाडौं पनि प्रभावित हुने बताए । डा. उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगर लगायत स्थानमा वायु प्रदुषणको स्तर बिग्रिँदै गएको बताए । जलवायुविज्ञ डा. उप्रेतीले भने , ‘अहिले खास अरेबियन सागर र बंगालको खाडीको सदन पार्टमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बंगालको खाडीमा उत्पन्न हुने एक खालको सिस्टमले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ २ सय १५ मिलिमिटर भन्दा बढीको वर्षा (खतरा) भएकाले रेड अलर्ट जारी गरेको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । वर्षा त हुँदैन, तर त्यसले उच्च हिमाली क्षेत्रमा बढी हिमपात हुने र बाक्लो कुहिरो लाग्ने ,तराईमा शीतलहर हुनसक्ने सम्भावनालाई पनि नकार्दैन । चीसो बढ्ने नै भयो, सबैभन्दा विकराल रुप यतिबेला के ल्याउन सक्छ भने भारतमा अहिले प्रदूषणको मात्रा खतरा तहभन्दा माथि छ, यदि हावाको दिशा उत्तरतिर स¥यो भने दिल्लीदेखि भारतका ठूला शहरमा भएको प्रदूषणको मात्रा विराटनगर, धनगढी, महेन्द्रनगरमा आइसकेको छ । हिजोदेखि आजसम्मको अवस्था हेर्ने हो भने रेड अलर्ट छ, हावाको खतरा तह पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाडौंमा पनि यसको असर बढ्न सक्छ, यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगहरुदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले डेथ पनि गराउन सक्छ ।’

प्रदूषण घटाउन के गर्ने त ?
डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए । डा. उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोगहरु निम्त्याउन सक्ने बताए ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top