३ मंसिर, काठमाडाैँ ।
गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । उनले, आफ्ना प्रेमी निर्माण सिटौलासँग बिहीबार टिकाटालो गरेकी हुन् ।
प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । निर्माण झापा चारापानेका हुन् । तर, उनी लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् । भर्चुअल माध्यमबाट लामो समयदेखि सम्बन्धमा रहे पनि निर्माण दशैंअघि काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलो पटक भेट भएको थियो ।
मंसिर ५ गते प्रविशाले आफ्ना परिवार र आफन्तलाई साक्षी राखेर निर्माणसँगै बैबाहिक जीवन सुरु गर्ने तयारी गरेकी छिन् । प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेपछि चर्चामा छन् । उनले गाएका दर्जन बढी गीतले पनि दर्शकको मन जितिसकेका छन् ।