पूर्वाञ्चल विश्वविद्यालयले जारी गरेको खुल्ला विज्ञापन प्रति विद्यार्थी संगठनको विरोध

विराटनगर,साउन २३
पुर्वाञ्चल विश्वविद्यालयले सार्वजनिक गरेको प्रध्यापक आवश्यकता सम्बन्धि खुल्ला विज्ञापन प्रति विद्यार्थी संगठन्हरुले विरोध जनाएका छन् ।अनेरास्ववियु,अखिल (क्रान्तिकारी),समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै विरोध जनाएका हुन् ।

प्रध्यापक पदपूर्तीका लागि विश्वविद्यालयले विभिन्न संकायमा पढाई नहुने विषयको विज्ञापन खुलाएको, विज्ञापनमा आवश्यक योग्यता भन्दा कम योग्यता मागेको र कुनै आधार र क्षेत्र नतोकि विज्ञापन खुलाएको विद्यार्थी संगठनले आरोप लगाएका छन् ।पुर्वाञ्चल विश्वविद्यालयको उक्त विज्ञापनमा थुप्रै त्रुटी देखिएकोले उक्त विज्ञापन तत्काल रद्ध गर्नुपर्ने अनेरास्ववियुका केन्द्रिय सदस्य बिष्णु यादवले जानकारी दिए ।

विद्यार्थी संगठनले आवेदकहरुले बुझाएका फारामहरुमा त्रुटी भेटिएकोले उच्चस्तरीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने,आवेदन मार्फत उठाएको रकम आवेदकलाई फिर्ता गर्नुपर्ने मागहरु राखेका छन् ।

Advertisement

त्यस्तै,आन्तिरिक नियुक्तिमा पदपुर्ती गर्दा सेवारत तहभन्दा एक तह माथिमात्र बुढुवा गर्नमिल्ने भएकाले दुई तहमाथि बढुवा गर्ने निर्णय खारेज गर्नुपर्ने, विश्वविद्यालयको नियम विपरीत केही पदाधिकारी तथा कर्मचारीलाई ५० प्रतिशत देखि १०० प्रतिशत सम्म सेवा सुविधा थप गरिएकोले उक्त निर्णय खारेज हुनुपर्ने विद्यार्थी संगठनद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।विद्यार्थी संगठनले विगतमा भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न समेत विश्वविद्यालयसँग माग गरेका छन् ।

विद्यार्थी संगठनद्धारा जारी विज्ञप्ति

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top