×

NEPAL TIMES UPDATES

Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026

घरजग्गा व्यवसायीलाई गभर्नरले भने- कारोबार गरेको तथ्यांक सहि राख्नु

३ मंसिर २०७८

३ मंसिर, काठमाडाैँ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ सङगठनले कारोबार गरेको तथ्याङक सहि राख्नु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजजिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्याङक सर्वेक्षण गर्न सहज हुने भन्दै सहि तथ्याङक राख्न व्यवसायीलाई आग्रह गरे ।

Advertisement

गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघहरुले गरेको कारोबारको सहि तथ्याङक राख्दा घरजग्गा कारोबारमा अहिले भइरहेको असमान मूल्यमा समानता ल्याउन सहयोग पुग्ने बताए । उनले घरजग्गा व्यवसायी,बैंक र मालपोतबाट हुने मूल्य सूचाङ्क एक भएमा घरजग्गा सर्वेक्षण प्रतिवेदनमा बजारमा भइरहेको कारोबार अनुसार सत्यतथ्य सूचाङ्क आउन सक्ने बताए । उनले भने‘ नेपालमा पहिलो पटक घरजग्गा मूल्याङकन मापन सूचाकांक भएकाले नेपालभरको सबै तथ्याङक समेट्न सकिएको छैन, तर प्रतिवेदन धेरै मेहनतका साथ सार्वजनिक भएको छ,यसमा केही सिमाहरु पनि छन्,अब आगामी दिनमा सार्वजनिक हुने सुचाकांक थप सत्यता,घरजग्गासँग कारोबार हुने तथ्याङक समावेश गरिने छ,घरजग्गा सम्बन्धि समस्या विश्वमा विभिन्न देशमा भए हुदै आएका छन्,विश्वमा आर्थिक मन्दी आउँनुभन्दा अगाडि घरजग्गाको मूल्यको असर स्पष्टरुपमा देखिन्छ,यस्ता समस्यालाई केही हदसम्म समाधानको लागि नेपालमा सुरुवात गरिएको छ,यसलाई थप व्यवस्थित बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको छ।’

घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार
करिव दुई बर्षको मेहेनतपछि पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको उनले बताए । अहिले केही तथ्यपरक नभए पनि आगामी तीन–तीन महिनामा सार्वजनिक हुने तथ्याङमा सुधार गर्दै लैजाने बताए । घरजग्गा कारोबार गर्दा मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको गभर्नर अधिकारीले बताए । राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकांक तयार पार्नका लागि देशब्यापी सर्वेक्षण गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले बताए । निर्देशक डा.श्रेष्ठले घरजग्गा मूल्य सूचकाङ्क तयार गर्दा प्रत्येक प्रदेशको नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरेर प्रतिवेदन तयार पारिएको बताए । उनले भने,‘ तथ्यांक संकलनको लागि ६ वटा बैंक, जसमा नेपाल बैक, एनआईसी एशिया बैक, ग्लोबल आईएमई बैक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैक र प्रभु बैंकबाट र मालपोत कार्यालयको तथ्याङकलाई आधार मानेका छौं ।

हरेक तीन महिनामा अब घरजग्गाको मूल्य सूचकांक
अब राष्ट्र बैंकले त्रैमासिकरुपमा घरजग्गाको मूल्य सूचकांक सार्वजनिक गर्ने समेत उनले जानकारी दिए । राष्ट्र बैंकले गरेको सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत छ । मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको मुद्रास्फीति १९.७३ प्रतिशत छ । त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा औसत घरजग्गा मुद्रास्फीति १६.३१ र १२.५७ प्रतिशत रहेको छ । प्रतिवेदनमा घरजग्गा रजिस्ट्रेशनको कुल कारोबार सख्याको आधारमा जग्गाको भार अंक ७६.६७ प्रतिशत र घरजग्गाको भार अंक २३.३३ प्रतिशत छ ।

सबैभन्दा बढी वागमती प्रदेशमा घरजग्गाको भार
त्यस्तै सात प्रदेश मध्ये सबै भन्दा धेरै वागमती प्रदेशमा घरजग्गाको भार २९.२२ प्रतिशत र सबै भन्दा कम कर्णाली प्रदेशमा ३.६३ प्रतिशत रहेको छ । वागमती पछि प्रदेश नम्बर १ मा २७.१३ प्रतिशत,लुम्बीनी प्रदेशमा १७.४२ प्रतिशत,प्रदेशमा न.२ मा १२.०४ ,गण्डकीमा ६.८१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ३.७५ प्रतिशत रहेको छ ।

Advertisement

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top