×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालको प्राथमिकता स्थायी शान्ति, राजनीतिक स्थायित्व हुनपर्छ: उपराष्ट्रपति

३ मंसिर २०७८

३ मंसिर, काठमाडाैँ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहितको आर्थिक, सामाजिक रुपान्तरण,समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ग्लोवल युथ लिडरशीप समिट २०२१ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको अबको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताएका हुन् । उनले नेपालको प्राकृतिक सौन्दर्यता पर्यटकहरुलाई देखाउन चाहेको भन्दै र विभिन्न धर्मावलम्बीहरुका आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिरहेको बताए ।

सरकारले रोजगारी सिर्जना गर्न खोजिरहेको छ
उपराष्ट्रपति पुनले सरकार देशभित्रका नदीनालाबाट जलविद्युत उत्पादन गरेर निर्यात गर्न, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर बन्दै औद्योगिक विकासमार्फत् युवाहरुका लागि रोजगारी सिर्जना गर्न खोजिरहेको बताए । उनले युवाका साझा समस्यालाई साझ ढंगले नै समाधान गर्नुपर्ने बताए । उपराष्ट्रपति पुनले भने , ‘युवाका साझा समस्याहरुलाई साझा ढंगले समाधान गराैँ । समस्या र चुनौतिहरुको पहिचान र समाधानका लागि सहकार्यलाई अघि बढाउँ। अब नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु हो । हामी यसै अभियानमा अघि बढीरहेका छौँ, नेपालको प्राकृतिक सौन्दर्यता हामी पर्यटकहरुलाई देखाउन चाहन्छौँ र विभिन्न धर्मावलम्बीहरुका आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिरहेका छौँ, देशभित्रका नदीनालाबाट जलविद्युत उत्पादन गरेर निर्यात गर्न पनि खोजिरहेका छौँ । कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर, औद्योगिक विकासमार्फत् युवाहरुका लागि रोजगारी सिर्जना गर्न खोजिरहेका छौँ ।’

Advertisement
Advertisement

उपराष्ट्रपति पुनले भोलिको विश्व, मानव जातीका आगामी दिन र देशको विकास कसरी गर्ने र हुने भन्ने बारे युवाहरुले जिम्मेवारी लिनुपर्ने बताए । उनले मानव जातिमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी युवाहरुकै काँधमा रहेको बताउँदै जलवायु परिवर्तको असरलाई न्यूनिकरण कसरी गर्ने र विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्वको व्यवस्थापन कसरी गर्ने ? भोकमरी र गरिबीले आक्रान्त मानिसलाई के गर्ने ? विज्ञान र प्रविधिको विकासलाई कसरी नयाँ उचाईमा उठाउने भन्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने बताए । उपराष्ट्रपति पुनले भने, ‘भोलिको विश्व कस्तो हुनेछ, मानव जातीका आगामी दिन कस्ता हुनेछन् र देशको विकास कसरी हुनेछ ? यी तमाम विषयका बारेमा सोच्नुपर्ने र कसरी अघि बढ्नु पर्छ र मानव जातीमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी युवाहरुकै काँधमा छ । जलवायु परिवर्तको असरलाई कसरी न्यूनिकरण गर्ने ? विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्वको व्यवस्थापन कसरी गर्ने ? भोकमरी र गरिबीले आक्रान्त मानिसलाई के गर्ने ? विज्ञान र प्रविधिको विकासलाई कसरी नयाँ उचाईमा उठाउने यी तमाम विषय युवाहरुकै काँधमा छ । यी सबै क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक छ ।’

Advertisement

युवाहरुसँगको अपेक्षा
उपराष्ट्रपति पुनले मानव जातिको कल्याण र सभ्य तथा आदर्श समाज निर्माणका लागि उत्कृष्ट योगदान दिन युवाहरु लगि पर्ने विश्वास लिएको बताए । मानव जातीलाई नयाँ आशा दिलाउने, नयाँ उत्साह पैदा गर्ने, नयाँ नयाँ खोज, आविष्कार गर्ने तथा इतिहासका हरेक परिवर्तनको नेतृत्व गर्ने युवाहरु नै भएको बताउँदै उनले युवाहरुको जोश, सुजबुझ र नेतृत्वबाट मात्रै इतिहासका हरेक परिवर्तन सम्भव भएको बताए ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top