यू–१९ छनोट : २४ खेलाडी बन्द प्रशिक्षणमा

३ मंसिर ७८, शनिबार

४ मंसिर, काठमाडाैँ ।

वाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २४ जनाको नामावली निकालेर प्रादेशिक क्रिकेट सङ्घलाई बुझाएको हो । छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकोमा कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि हात पारेको थियो ।

बन्द प्रक्षिक्षणका लागि बोलाइएका खेलाडीमा राहुल चन्द, अनुराग सिंह, मिलन बोहरा, आकाश चन्द, हेमन्त धामी, आशिष भट्ट, अर्जुन सिंह साउँद, राहुल भण्डारी, कैलाश ऐर, अनिल थापा र सञ्जय बोहरा रहेका छन् । यस्तै खडकबहादुर बोहरा, भूपेन्द्र चन्द, नरेन भट्ट, शेर मल्ल, नारायण जोशी, नरेन साउँद, अर्जुन साउँद, वसन्त कार्की, सङ्गीत बुढाथोकी, दीपक टमटा, वीरेन्द्र बम, वीरेन्द्र नाथ र गजेन्द्र बोहरालाई पनि बन्द प्रशिक्षण बोलाइएको छ ।

Advertisement

बन्द प्रशिक्षण शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भएको प्रदेश प्रशिक्षक खेमराज भट्टले बताए। बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ७ गतेदेखि काठमाडौँमा उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top