५ मंसिर, काठमाडौँ ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंको धरहरा र रानीपोखरीमा निलो बत्ती बालेर बालबालिकाका तस्बिरहरु प्रदर्शन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी निकाय यूनिसेफको संयुक्त आयोजनमा जनचेतना जगाउने उदेश्यले शनिबार निलो बत्ती बालिएको हो। नीलो प्रकाशमा धरहरा आकर्षक देखिएको थियाे ।
यस वर्ष ‘महामारीपश्चात् सम्पूर्ण बालबालिकाको समृद्ध जीवनको परिकल्पनमा ऐक्यबद्धता’ को नारासहित शनिबार विश्वभर बाल दिवस मनाइएको छ ।