द्वन्द्वमा भएका कमीकमजोरी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौं : प्रचण्ड

द्वन्द्वमा भएका कमीकमजोरी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौं : प्रचण्ड

५ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वको समयमा भएका कमीकमजोरीको छानबिन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

विस्तृत शान्तिसम्झौता भएको १५ वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन सशस्त्र द्वन्द्व र त्यसमा भएका कमजोरीहरुको छानबिन गर्दै सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध रहेकोे बताएका हुन्।

उनले विस्तृत शान्तिसम्झौता भएदेखि हालसम्ममा शान्तिप्रक्रियाका अधिकांश कामहरु पूरा भएपनि द्वन्द्वकालीन घटनाहरुको छानबिन गरी मेलमिलाप गराउने काम बाँकी रहेको बताएका छन्। त्यसका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले काम गरिरहेको उनले बताएका छन्।

शान्तिप्रक्रियाको बाँकी काम पूरा गर्ने जिम्मा सरकारको मात्र नभई राज्यको रहेको पनि बताए। अहिलेसम्मको स्थितिमा शान्तीको विषयमा सत्तापक्ष र प्रतिपक्ष एक रहेको र बाँकी काम पूरा गर्ने सम्बन्धमा पनि सबै राजनीतिक दलहरु प्रतिवद्ध रहेको बताएका छन्।

प्रचण्डले विस्तृत शान्तिसम्झौतापश्चात संविधानसभाको निर्वाचन, संविधानसभाबाट संविधान जारी हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको र यस व्यवस्थामा आदिवासी, जनजाति, महिला, दलित र मुस्लिम लगायत अल्पसंख्यक तथा यूवाहरुको भूमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हाँसिल गरेको बताएका छन्। उनले सो सफलताप्रति आफूलाई गर्व रहेको बताएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.