Nepal Times
Nepal Times
3
Shares

धमला पत्नी एलिजा चलचित्र ‘घुइँचो’मा देखिने

धमला पत्नी एलिजा चलचित्र ‘घुइँचो’मा देखिने

६ मंसिर,काठमाडौँ ।
दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमवार राजधानी काठमाडौमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एन्ड फिल्मले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो ।

नव–नायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा दखिने भएकाछन् । म्यूजिक भिडियो रमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यू गर्नेछन् । आरजे म्यूजिक एन्ड फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् ।

आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनिले बताएको छ । निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् । उनले भनिन्, ‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो चलचित्र ‘अनुराग’ जे जस्तो भए पनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु ।’

पत्रकार ऋषि धमलाकी पत्नी गौतमको अनुराग चलचित्र आर्थिक रुपमा सफल हुन सकेको थिएन । त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए ।

म्यूजिक भिडियोमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् । निर्देशक लामाले चलचित्र सुःख–दुःख, सपना, इमान्दार, बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.