बैतडी कांग्रेसको सभापतिमा सिंह र बढुबीच पुनः प्रतिस्पर्धा हुँदै

७ मंसिर ७८, बुधबार

८ मंसिर, काठमाडौं ।

नेपाली काँग्रेस डोटीको जिल्ला सभापतिमा नरेन्द्र बहादुर सिंह र भूमिराज बडुबीच पुनः प्रतिस्पर्धा हुने भएको छ।

मंगलबार सम्पन्न अधिबेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी पाँच जनामध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत नल्याएपछि पुनः मतदान हुने भएको हो।

Advertisement

पहिलो चरणमा बढी मत ल्याउने सिंह र बढुबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ। सभापतिको लागि मतदान बुधबार बिहान ८ बजेदेखि हुने भएको छ।

यसअघि कुल खसेको मत १०८७ मध्ये सिंहले ३५८ तथा बढुले ३४२ मत पाएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top