विराटनगर, साउन २५
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा हार व्यहोरेको छ । आज भएको पहिलो खेलमा सन्दीपको टिम प्याट्रियट्स गुयाना अमेजन वारिवर्ससँग ६ विकेटले पराजित भएको हो ।
प्याट्रियट्सले दिएको १ सय ४७ रनको लक्ष्य वारिवर्सले १६ ओभर ३ बलमा मात्र ४ विकेटको क्षतिमा पुरा ग¥यो । वारिवर्सको जितमा शिमरोन हेटम्येरले अविजित ७९ रन जोड्दा कृष ग्रीनले अविजिन २५ रनको योगदान दिए । जासन मोहमेदले १६ रन जोड्दा कप्तान सोयब मल्लिकले १४ रन जोडे । प्याट्रियट्सका लागि सेल्डोन कोट्रेल र सन्दीप लामिछानेले समान २÷२ विकेट लिएका छन् ।
सिपीएल क्रिकेटमा डेब्यु गरेका सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् । सन्दीपले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रियट्सले ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो । प्याट्रियट्सका लागि कप्तान क्रिस गेलले ८६ रन जोड्दा टम कोपर र बेन कटिङले समान १५ रन जोडे ।