सिपिएलमा सन्दीपको टिम पराजित

२५ साउन २०७५, शुक्रबार
Share this
779shares

विराटनगर, साउन २५
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा हार व्यहोरेको छ । आज भएको पहिलो खेलमा सन्दीपको टिम प्याट्रियट्स गुयाना अमेजन वारिवर्ससँग ६ विकेटले पराजित भएको हो ।

Advertisement

प्याट्रियट्सले दिएको १ सय ४७ रनको लक्ष्य वारिवर्सले १६ ओभर ३ बलमा मात्र ४ विकेटको क्षतिमा पुरा ग¥यो । वारिवर्सको जितमा शिमरोन हेटम्येरले अविजित ७९ रन जोड्दा कृष ग्रीनले अविजिन २५ रनको योगदान दिए । जासन मोहमेदले १६ रन जोड्दा कप्तान सोयब मल्लिकले १४ रन जोडे । प्याट्रियट्सका लागि सेल्डोन कोट्रेल र सन्दीप लामिछानेले समान २÷२ विकेट लिएका छन् ।

सिपीएल क्रिकेटमा डेब्यु गरेका सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् । सन्दीपले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरेका थिए ।

Advertisement

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रियट्सले ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो । प्याट्रियट्सका लागि कप्तान क्रिस गेलले ८६ रन जोड्दा टम कोपर र बेन कटिङले समान १५ रन जोडे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top