म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन : प्रचण्ड

८ मंसिर, काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जनतासँग सुनाएका योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा नगरिदिएको बताएका छन्। बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले ओली खलनायक परेको बताए।

उनले भने, ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिस्टहरुलाई एक गरेपछि देशमा राजनीतिक स्थायित्व होला। छिटोछिटो विकास होला। सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईपटक प्रधानमन्त्री बनाएँ। तर नायक होइन, खलनायक परेछन्। मैले जनताको अगाडि बोलेको छ भने, प्रचण्डलेको बोलेको नगर्ने कसम खाएछन् ।’

Advertisement

आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए ।

प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्‍याछ ।’

Advertisement

उनले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top