×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

फेक इन्काउन्टर हल्ला मात्र : गृहमन्त्री

२५ श्रावण २०७५

चितवन, साउन २५
गृहमन्त्री रामबहादुर थापा बादलले फेक इन्काउन्टर हल्ला मात्र भएको बताएका छन् । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले यस्तो बताएका हुन् ।

उनले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको समेत दावी गरेका छन् । गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।

Advertisement
Advertisement

गृहमन्त्री बादलले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गद अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको बताए ।

उनले विहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका थिए । तर, त्यसबारे छानविन नगर्दै शुक्रबार गृहजिल्ला चितवन पुगेका मन्त्री बादलले त्यो फेक इन्काउन्टर नभएको दावी गरेका हुन् ।

Advertisement
Advertisement

भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या हुँदा र त्यसपछि प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा गृहमन्त्री थापा नेपालमा थिएनन् । त्यसबेला मन्त्री थापा इण्डोनेसियाको बालीमा आयोजित एक कार्यक्रममा भाग लिन गएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top