दोस्रो पाँचपोखरी हाफ म्याराथन भदौ १० मा

२४ साउन ७५, शुक्रबार

काठमाडौँ, साउन २५
दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ ।काठमाडौँमा आज पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीले आगमी भदौ ५ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ । दर्ता शुल्क सिन्धुपाल्चोकका खेलाडीलाई रु एक हजार, जिल्ला बाहिरका खेलाडीलाई रु दुई हजार र विदेशीलाई ३५ अमेरिकी डलर तोकिएको छ ।

नाम दर्ताका लागि सो गाउँपालिकाका सबै वडा, क्षेत्रपालेश्वरी माध्यमिक विद्यालय तिपेनी, मेलम्ची क्याफे इन मेलम्ची बजार, जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोक र गाउँपालिकाको फेसबुक पेजमा गएर फारम भर्न सकिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५०, ३० र २० हजार प्राप्त गर्ने सगरमाथा आरोही एवं कार्यक्रम संयोजक कान्छीमाया तामाङले जानकारी दिईन् ।

Advertisement

सो अवसरमा सांसद शेरबहादुर तामाङले खेलकूदमार्फत जिल्लामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । कार्यक्रममार्फत पाँचपोखरी, आमायाङ्ग्री, ड्रायागन गुफा, अबेली, रैथानेश्वरी, च्याङ्बोडाँडा लगायतका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिस्तरमा प्रचारप्रसार गर्नु रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिइन् ।

जनैपूर्णिमाको अवसरमा पाँच पोखरीमा विशेष मेला लाग्ने गर्छ । धार्मिक रुपमा महत्वपूर्ण पाँचपोखरी समुन्द्र सतहदेखि चार हजार १०० मिटरमा अवस्थित छ । यहाँ पाँच धार्मिक पोखरी छन् । पोखरी विश्वकै उच्च स्थानकामध्ये नवौँमा पर्छ । एकादशीदेखि शुरु हुने मेला पूर्णिमाका दिन समापन हुन्छ । मेला अवधिभर सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट हजारौँ धार्मिक पर्यटक पाँचपोखरी पुग्छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top