Nepal Times
Nepal Times
3
Shares

राजेश हमालले खरिद गरे कम्पासको जिप

राजेश हमालले खरिद गरे कम्पासको जिप

१० मंसिर, काठमाडाैँ ।

अभिनेता राजेश हमालले जीप कम्पास गाडी खरिद गरेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट जीप कम्पासको डेलिभरी लिएका छन् । हमालले विगत १३ वर्षदेखि सन् २००० मा कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी प्रयोग गर्दै आएका थिए ।

नयाँ गाडीको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको छ । कम्पनीले नेपालमा जीपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध रहेको जनाइएको छ ।

‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा निकै सुन्दै आएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट एकदमै प्रभावित छु,’ उनले भनेका छन् ।

केही समय अगाडि सुपरस्टार भुवन केसीले पनि जीप कम्पास खरिद गरेका थिए । पछिल्लो समय नेपाली कलाकारहरुको रोजाई बनेको यो गाडीको बजार मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.