×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा !

१२ मंसिर २०७८

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो।​ ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।

दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। चार दिनको अवधिमा अफ्रिकासहित हङकङ, बेल्जियम, वोत्सवाना र इजरायलमा समेत संक्रमण पुष्टि भइसकेको छ।

Advertisement

बेलायतले ६ मुलुकसँगको हवाई उडान बन्द गरेको छ। अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले कोभिड–१९ संक्रमण बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक भएकाले संकटकाल लगाइएको जनाएका छन्।

अस्ट्रेलियाले बाहिरी मुलुकबाट आउने उडानमा कडाइ गरेको छ। भारतलगायतका मुलुकले उच्च सतर्कता अपनाएका छन्। कतिपयले दक्षिण अफ्रिकासँगको हवाई यात्रामा प्रतिबन्ध लगाएका छन्। भारतले बाहिरी मुलुकबाट आउने यात्रुको स्क्रिनिङ र परीक्षणमा विशेष ध्यान दिएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अफ्रिकाबाट नेपालमा सीधा हवाईसम्पर्क नभएकाले प्रत्यक्ष जोखिम नभएको बताए। ‘विभिन्न मुलुकका ट्रान्जिट प्वाइन्ट हुँदै नेपाल प्रवेश गर्नेबाट संक्रमण सर्ने जोखिम छ। विमानस्थलमा हेल्थ डेस्क तयारी अवस्थामा छ,’ डा. पौडेलले भने, ‘संक्रमणको जोखिमपूर्ण मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ।’ स्वदेशमै ल्याब स्थापना भएका कारण नमुना परीक्षणका लागि विदेश लैजानु नपर्ने पौडेलले बताए। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बस्ने बैठकले ओमिक्रोम भेरियन्टका लागि अपनाउनुपर्ने सावधानीबारे आवश्यक निर्णय गर्ने जनाइएको छ।,यो समाचार अन्नपूर्ण पोस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top