दाहालको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

काठमाडौँ, साउन २६
साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाउनुृ भएकामा ती संस्थाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आउनुभएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको थियो ।प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले दाहालले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टालाई सङ्गठित गर्दै सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताए । दाहाल प्रजातान्त्रिक विचारधाराका भए पनि विद्रोही र प्रगतिशील स्वभावका थिए।

नागार्जुन साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठाले दाहालले प्रतिष्ठानको सल्लाहकार तथा अध्यक्ष भई अभिभावकीय भूमिका निर्वाह गरेको र दाहालकै अग्रसरतामा लोकतान्त्रिक आन्दोलनका समयमा अनामनगरको दाहालको दैलोलाई गणतन्त्र काव्यटार घोषणा गरिएको स्मरण गरे ।

Advertisement

दिवंगत दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान मण्डिखाटारस्थित उनको निवास (सुधाको डिही)मा राखिने छ । भतिजाहरु विदेशबाट आएपछि उनको पार्थिव शरीर अस्पताललाई दान गर्ने वा अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top