किशोर विश्वकर्मा
विराटनगर, साउन २६
१ नं. प्रदेशको नामाकरणका विषयमा अहिले सम्म दलहरुले धारण बनाउन सकेका छैनन् । प्रदेश सरकारले प्रस्ताव ल्याउन ढिलाई गरिरहेका कारण दलहरुले अझै सम्म धारणा बनाउन नसकेका हुन् । यद्यपी प्रदेश सांसदहरु प्रदेशको नामाकरणका सवालमा समान जवाफ दिने गरेका छन् ।
नेकपा सांसद राजकुमार ओझाले एजेण्डा आएपछी मात्र छलफलमा जाने र दलको आधिकारीक धारण आउने बताएका छन् । उनले प्रदेशको नाम जेसुकै राखेपनि सवैलाई चित्त बुझ्दो हुनुपर्ने बताए ।
सांसद ओझाले भने ‘ सरकारले एजेण्डा ल्याउनु प¥यो । एजेण्डा ल्याएपछी मात्र छलफलमा गइन्छ र हाम्रो आधिकारीक धारण आउँछ । तर पनि प्रदेशको नाम भने सवैलाई मान्य हुने खालको हुनुपर्दछ । ’
यता प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद एवम् प्रमुख सचेतक केदार कार्कीले सरकारले ल्याउने प्रस्तावको आधारमा आफ्नो दलले छलफल गरि धारणा तय गर्ने बताए । उनले यद्यपी प्रदेशको नामाकरण सबैलाई मान्य हुने खालको नै हुनुपर्ने बताए । प्रमुख सचेतक कार्कीले भने ‘ प्रदेशको नामाकरणका सवालमा सरकारले कस्तो प्रस्ताव ल्याउँछ सोही अनुसार हाम्रो धारणा आउँछ । पहिलो कुरा नेपाली कांग्रेस प्रदेशको नामाकरणका सवालमा सवैले मान्य हुने राख्नुपर्ने लाइनमा छ । तर हामीले चाहेको कोशि–सगरमाथा प्रदेश राख्दा उपयुक्र ठानेका छौँ ।’
संघिय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने बताए । उनले जातीय र भौगोलिक पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने बताए । यादवले प्रदेश १ मा आदिवासी जनजाति(राई÷लिम्बु)को वाहुल्यता रहेकाले प्रदेशको नाकारण जातीय भौगोली आधार समेटेर नामाकरण गरिनु पर्ने बताए ।
उनले भने ‘ पहिचानको आधारमा संघियता हुनुपर्ने हाम्रो दलको पहिले देखीकै एजेण्डा हो । जुनसुकै प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्छ । जहाँ सम्म प्रदेश १ को कुरा छ यहाँ सवै भन्दा बढी किराँतहरुको जनसंख्या छ । भौगोलिक पहिचानको आधार पनि छ । त्यसैले प्रदेशको नामाकरण किराँत कोशी वा किराँत सगरमाथा हुनुपर्छ ।’
प्रदेश १ मा नकपाको एक्लैको झण्डै २ तिहाई अर्थात ६७ सिट छ । दुई तिहाई पुग्नका लागि ३ सिट कम छ । संघिय समाजवादी फोरमको ३ सिट भएकाले मतका आधारमा नामाकरण गरिए फोरमले नेकपालाई मत दिने स्पष्ट संकेत देखिएको छ ।